कर्णाली

कर्णालीमा सत्ता समीकरणको चर्चा: सत्ता जोगाउने कसरतमा एमाले

इकागज |
फागुन २९, २०७९ सोमबार २१:१७ बजे

फाइल फोटो

सुर्खेत - कर्णाली प्रदेशमा  नयाँ सत्ता गठबन्धन या पुरानै गठबन्धनको नेतृत्वमा सरकार गठन गर्ने भन्ने अझै अन्योलता रहेको छ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सहमति हुने नहुने विषयमा सत्तारुढ दलहरू अन्यौलमा छन् । केन्द्रमा समीकरण बदलिँदा कर्णालीमा भने अझै स्पष्ट भएको छैन । 

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक–एकजना सांसदले पक्षमा मत हालेका थिए भने नेपाली कांग्रेसका १४ जना सांसदले विपक्षमा मतदान गरेका थिए । मुख्यमन्त्री शर्माले काँग्रेसलाई विश्वाशको मत हाल्न आग्रह गरेका थिए तर, उनीहरुले विश्वासको मत नदिएका कारण सम्बन्ध न्यानो बन्न सकेको छैन । आठ वटा मन्त्रालयमध्ये कर्णालीमा एमालेले तीन वटा मन्त्रालय सम्हालेको छ । 


कर्णालीमा एमाले आफ्नो सत्ता जोगाउने कसरतमा छ ।  आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री एंव नेकपा एमाले कर्णाली प्रदेश पार्टी अध्यक्ष विनोदकुमार शाहले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय नभएको जानकारी दिएका छन् ।  शाहले कर्णालीमा सत्ता समीकरण कस्तो बन्ने भन्ने विषय माओवादीमा निर्भर रहेको बताएका छन् । 

‘एमालेले सरकारबाट बाहिरीने या समर्थन फिर्ता लिने केही पनि कुरा भएको छैन’ शाहले भने,  ‘नेकपा माओवादीको व्यवहार हामीप्रति के हुन्छ त्यसमा हामी सोच्छौ ।’ अहिले यस विषयमा पार्टीगत रुपमा केही छलफल नभएको प्रतिक्रिया दिए । ‘यस प्रदेशमा ठूलो पार्टी भनेको नेपाली काँग्रेस हो । उसले सरकारमा दावी गरेमा माओवादीले कसरी सोच्छ त्यो हेर्न बाँकी छ’ एमालेका प्रदेश अध्यक्ष समेत रहेका शाहले भन्छन्, ‘अहिले दुईवटा सत्ता साझेदारी दलहरु मिलेर नै बसिरहेको अवस्था छ कर्णालीमा, उहाँहरुको व्यवहार यस्तै रहिरहेमा हामी सरकारबाट बाहिरिने कुनै आवश्यकता छैन ।’ 

यस्तै प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारमा जाने कर्णाली प्रदेशसभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३ र एमालेका सभामुखसहित १० सांसद छन् । त्यस्तै, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका १÷१ सदस्य गरी ४० सदस्य छन् ।


 


Author

थप समाचार
x