कर्णाली

दुई महिनापछि आज कर्णाली प्रदेशसभाको बैठक बस्दै

इकागज |
चैत १२, २०७९ आइतबार १०:२ बजे

सुर्खेत - दुुई महिनापछि कर्णाली प्रदेश सभाको बैठक आज बस्दैछ । माघ ६ गते स्थगित भएको छैठौं बैठक आजबाट बस्ने भएको हो । आज दिउसो तीन बजेबाट बैठक सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

कर्णाली प्रदेश सरकार गठन भएको लामो समय भइसक्दा पनि प्रदेश सभालाई कुनै पनि विजनेश दिन असमर्थ छ । जसका कारण लामो समयदेखि प्रदेशसभाको बैठक बस्न सकेको थिएन ।


प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले सरकारले विजनेश नदिएका कारण बैठक बस्न नसकिएको जानकारी गराए । कारले बैठक आह्वानका लागि आइतबार प्रदेशसभालाई जानकारी गराएको थियो ।

अहिलेलाई एजेन्डाबिना नै बैठक आह्वान गरिएको छ । कुन विषयमा छलफल गर्ने भन्ने विषय आज दिउँसो १ बजे बस्ने सर्वदलीय बैठकले निर्णय गर्नेछ । यसअघि पुस १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो ।

प्रदेशसभा बैठकले सभामुख र उपसभामुख चयन गरेको थियो । यस्तै, माघ ६ गते मुख्यमन्त्री राजकुमार शर्माले संसद्‍बाट विश्वासको मत लिएका थिए । त्यसयता संसद्‍को बैठक बस्न सकेको थिएन ।


Author

थप समाचार
x