कर्णाली

कर्णालीका मुख्यमन्त्री शर्मालाई कांग्रेसले विश्वासको मत दिने

इकागज |
चैत १७, २०७९ शुक्रबार १७:३८ बजे

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ ।

केन्द्रमा गठबन्धन सरकार बनेसँगै प्रदेशमा पनि सोही अनुसार अघि बढ्ने निर्णयसहित कांग्रेसले विश्वासको मत दिने भएको हो । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको नवौँ अधिवेशनको नवौँ बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले संविधानको धारा १८८ (२) बमोजिम संसद्‍मा विश्वासको मत छ भनेर राखेको प्रस्तावमा कांग्रेसले विश्वासको मत दिने भएको हो ।


संसद् बैठक सुरु हुनु अघि बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले शर्माले मागेको विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको थियो ।

गत माघ ६ गते एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादीको समर्थनमा बनेको कर्णाली प्रदेश सरकार राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।


Author

थप समाचार
x