कर्णाली

कर्णाली प्रदेश सभामा दुई विधेयक पेश

इकागज |
चैत १९, २०७९ आइतबार १७:४३ बजे

सुर्खेत- कर्णाली प्रदेश सभामा आज दुई वटा विधेयक टेबुल भएका छन् ।

प्रदेश सभाको दोस्रो कार्यकालमा पहिलो पटक आज दुई वटा विधेयक पेश भएका हुन् । प्रदेश सभाको आइतबार बसेको दशौँ बैठकमा यस अघि सचिवालयमा दर्ता भएका कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गरिएको हो ।


प्रशिक्षण प्रतिष्ठान स्थापनाका सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले टेबुल गरेका हुन् । त्यसैगरी खेलकुद विकास  विकास ऐन २०७६ संशोधन गर्न बनेको विधेयक सामाजिक विकास मन्त्री टेकराज पछाईले विधेयक पेश गरे । विधेयक टेबुल भएसंगै प्रदेश सभाको आगामी बैठक चैत २२ गते मंगलबार दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको छ ।

लामो समय बिजनेसविहीन बनाएको आलोचना खेपिरहेको प्रदेश सरकारले तीन महिनापछि पहिलो पटक आज विधेयक टेबुल गरेको छ । 


 


Author

थप समाचार
x