कर्णाली

कर्णाली सरकारबाट बाहिरिएपछि एमालेका मन्त्री भन्छन्:

'मुख्यमन्त्रीलाई सहज बनाउन राजीनामा दियौं'

इकागज |
चैत २७, २०७९ सोमबार १२:२३ बजे

सुर्खेत - कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । आइतबार मुख्यमन्त्री राजकुमार शर्मालाई संयुक्त रूपमा आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाईँ र उद्योग वातावरण तथा पर्यटन मन्त्रीमा जीतबहादुर मल्लले राजीनामा दिएका हुन् । राजीनामा दिएपछि आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले सरकार गठनमा मुख्यमन्त्रीलाई सहजताको लागि राजिनामा दिएको बताए । ‘मुख्यमन्त्रीको सहजताको लागि हामीले राजिनामा दिएका हौ’ मन्त्री शाहले इकागजसँग भने, ‘हाम्रो राजीनामाले नयाँ गठबन्धनलाई सरकार निर्माण गर्न सहज हुनेछ ।’

उनले आफूहरू राजनीतिक परिदृश्य बदिलिएका कारण राजीनामा दिन बाध्य भएको बताए । शाहले सरकारमा रहँदा कुनै उपलब्धि नहुने हुँदा सरकारमा बस्नु कुनै औचित्य नरहेको बताए । सरकार बाहिर भए पनि रचनात्मक सहयोग भइरहने मन्त्री शाहको भनाइ छ ।


त्यस्तै, सामाजिक विकासमन्त्री टेकराज पछाईले राष्ट्रिय राजनीतिमा परेको प्रभावका कारण सरकारबाट बाहिरिएको बताए । छोटो समयमा धेरै उल्लेखनीय कामहरू भएको उनको दाबी छ । 

उद्योग वातावरण तथा पर्यटन मन्त्री जीतबहादुर मल्लले समय छोटो र लामो समय मात्रै भएको र असल कर्म र निश्वार्थ भावले काम गर्नु पर्ने जिम्मेवारी सबैको रहेको बताए । राजीनामा दिएका तीनैजना मन्त्रीहरूले आइतबार नै मन्त्रालय पनि छोडेका छन् । तीनैजना मन्त्रीहरूले माघ ११ गते नियुक्ति भएका थिए ।


Author

थप समाचार
x