पातारासीमा विवाह गर्दा अनिवार्य वडाको सिफारिस
फाइल फोटो
जुम्ला - पातारासी गाउँपालिकाले बालविवाह रोकथाम गर्ने उद्देश्यले अनिवार्य वडा पालिकाको सिफारिस चाहिने व्यवस्था गरेको छ । उक्त पालिका–५ मा पर्ने दुर्गम चार वटा गाउँलाई जुम्लाकै पहिलो बालविवाह मुक्त गाउँ घोषणा गरिएको छ ।
सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त मुलुक घोषणा गर्ने राष्ट्रिय उद्देश्य र दीगो विकासको लक्ष्यअनुरूप जिल्लाको पातारासीका गाउँलाई बाल विवाह मुक्त घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए ।
यहाँका आठ स्थानीय तहका ६० वडामध्ये पातारासी गाउँपालिका–५ वडालाई बालविवाह मुक्त घोषणा गरिएको छ । अध्यक्ष बोहोराले भने, 'विवाह उमेर समूहका २० वर्षमुनिका कुनै पनि बालबालिकाले विवाह नगरेको सर्वेक्षणले भेटाएपछि जिल्लाकै पहिलो वडा र बस्तीका रूपमा बालविवाह मुक्त गाउँ घोषणा गरिएको अध्यक्ष बोहोराको भनाइ छ ।'
अब अरु वडालाई छिट्टै बालविवाह मुक्त गरिने भएको छ । स्थानीय सरकारको प्राथमिकतामा परेको सामाजिक विकृतिलाई रोकथाम गर्नेका लागि वडापालिकाको कार्य महत्त्वपूर्ण भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् । बालविवाह मुक्त घोषणाका लागि विगत तीन वर्षदेखि बाल क्लब, वडा सरकार, समूह परिचालन तथा किर्डाकद्वारा (बाल स्पोन्सर) परियोजना लागू गरेर अन्ततः बाल विवाह शून्यमा झार्न सफल भएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिइन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया