कर्णाली

कर्णाली सरकारमा कांग्रेसको इन्ट्री, आज तीन मन्त्रीले सपथ लिने

इकागज |
बैशाख ६, २०८० बुधबार ७:५० बजे

सुर्खेत- नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । 

केन्द्रिय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारबाट नेकपा एमाले बाहिरिएपछि कांग्रेसले सहभागिता जनाउन लागेको हो । 


जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसबाट सिफारिस भएका तीन जना मन्त्रीले आज सपथ लिँदैछन् । कर्णाली सरकारमा सहभागिता जनाउन लागेको कांग्रेसले मंगलबार तीन जनाको नाम मन्त्रीमा सिफारिस गरेको थियो ।

कांग्रेसको सिफारिसमा अनुसार कर्णाली सरकारमा कृष्ण कुमार बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खड्ग बहादुर पोखरेल सामाजिक विकास मन्त्रालय र वेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन् । 

सो नयाँ जिम्मेवारीका लागि आज तीनै जना मन्त्रीलाई मुख्यमन्त्री राजकुमार शर्माले सपथ ग्रहण गराउँदैछन्  ।


Author

थप समाचार
x