कर्णाली

कर्णालीमा मन्त्रालयको संख्या आठ कायम

इकागज |
बैशाख ६, २०८० बुधबार ११:५९ बजे

सुर्खेत - कर्णाली प्रदेशमा मन्त्रालयको संख्या आठ कायम गरिएको छ। अन्ततः मन्त्रालयको संख्या पुनः आठ कायम गर्ने निर्णय भएको हो ।

यसअघि माओवादी नेतृत्वको सरकार गठन हुँदा नेकपा एमालेसँगको राजनीतिक समीकरण मिलाउन मन्त्रालय संख्या बटाइएको थियो ।


मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या संशोधन गरेको सरकारका प्रवक्ता एंवम् आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

। ‘भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई फूटाएर भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्रालय र ऊर्जा तथा जलसोत मन्त्रालय बनाउने निर्णय भएको छ ।’ जिसीले भने, ‘प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ को अनुसूची एक र दुई हेरफेर गर्ने निर्णय भएको हो । सो निर्णय अनुसार भौतिक मन्त्रालयमा १३ कार्यभार रहनेछन भने ऊर्जा मन्त्रालयमा १२ कार्यभार रहनेछन् ।’

उनका अनुसार कर्णाली प्रदेशको सडक विधेयक तर्जुमा गर्नका लागि हिजैको वैठकले भौतिक पूर्वाधार मन्त्रालयलाई सैद्वान्तिक सहमति दिने निर्णय गरेको छ । यसैबीच, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्मा अब ऊर्जा मन्त्रीको रुपमा आज शपथ लिने भएकी हुन । उनीसहित आज मन्त्रीका रुपमा चार जनाले शपथ लिने तयारी भएको हो ।


Author

थप समाचार
x