कर्णाली

कर्णालीमा हालसम्म ९० जना कोभिड-१९ संक्रमितको ज्यान गयो

इकागज |
बैशाख २७, २०७८ सोमबार १८:४२ बजे

सुर्खेत : कोभिड–१९ संक्रमणको कारण कर्णालीमा हालसम्म ९० जनाको ज्यान गएको छ । जसमध्ये दोस्रो लहर सुरु भएपछि मात्र ५७ जनाको मृत्यु भएको छ । पहिलो चरणमा प्रदेशमा ३३ जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेहरूमा अधिकांश दीर्घ रोगी र मदिरा सेवन गर्ने रहेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । 

सबैभन्दा बढी बैशाख १७ गते एकैदिनमा गर्भवती महिलासहित नौ जनाको ज्यान गएको थियो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतकाअनुसार हिजो मात्र एकैदिनमा ८ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २८३ जना संक्रमित थपिएका छन् भने २१० जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल सम्म एक लाख दुई हजार नौ सय ९३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । 


निर्देशनालयका अनुसार  परीक्षण गरिएकामध्ये १० हजार ६ सय ३३ जनालाई संक्रमण भएको छ । कर्णालीका चार स्थानबाट पीसीआर परीक्षण हुँदै आएको छ ।


Author

थप समाचार
x