कर्णाली

कर्णालीमा कार्य व्यवस्था परामर्श समिति गठन

इकागज |
बैशाख १०, २०८० आइतबार १८:२९ बजे

सुर्खेत ।  कर्णाली प्रदेशसभा संसदको कार्य व्यवस्था परामर्श समिति गठन भएको छ । आइतबार प्रदेशसभाको १३ औँ बैठकमा सभामुख नन्दा गुरुङले समिति गठन भएको जानकारी गराएकी थिइन् । प्रदेशसभा सञ्चालन भएको तीन महिनापछि उक्त समिति गठन भएको हो ।

सभामुखको नेतृत्वमा हुने समितिको सदस्यमा सांसद नेकपा एमालेबाट टेकराज पछाई, एकीकृत समाजवादीबाट कल्यानी खड्का, स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही, माओवादीबाट रणसिंह परियार र राप्रपाबाट सन्तोषी शाही चयन भएका छन् । यस्तै नेपाली कांग्रेसबाट हिक्मतबहादुर विष्ट चयन भएका छन् । 
 



Author

थप समाचार
x