कर्णाली

तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री

इकागज |
बैशाख १०, २०८० आइतबार २१:३० बजे

फाइल फोटो

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि आइतबार प्रदेशसभामा पुगेर शर्माले विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गराइसकेका छन् । 

प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले यही वैशाख १५ गते संसद्बाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएका छन् । 


शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएसँगै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । 


Author

थप समाचार
x