कर्णाली

कर्णालीका मुख्यमन्त्रीले तेस्रो पटक पाए विश्वासको मत

इकागज |
बैशाख १५, २०८० शुक्रबार १७:४६ बजे

सुर्खेत- कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत प्राप्त गरेका छन् । गएको पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका शर्माले आज तेस्रो पटक विश्वासको मत लिएका छन् ।

शुक्रबार प्रदेश सभाको १४ औँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । उनले नेकपा (माओवादी केन्द्र)सहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए ।


आज मुख्यमन्त्री शर्माले विश्वासको मत सम्बन्धी दर्ता गराएको प्रस्तावमाथि छलफलमा भाग लिँदै कांग्रेस, माओवादी, स्वतन्त्र र समाजवादीका सांसदहरूले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका छन् ।

४० सदस्यीय सांसदमध्ये शर्माले २९ मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शर्माको पक्षमा कांग्रेसका १४ र माओवादीका १३ र एकीकृत समाजवादी र स्वतन्त्रका एक/एक सांसदहरूले मतदान गरेका थिए । नेकपा एमालेका १० सांसदले विपक्षमा मतदान गरे ।

मुख्यमन्त्रीको विपक्षमा मतदान गरेसँगै आजदेखि नेकपा एमाले प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको छ । ४० सदस्यीय प्रदेश सभाका सदस्यीयहरूमध्ये ३९ जना मतदानमा भाग लिएका थिए । 


 


Author

थप समाचार
x