कर्णाली

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

इकागज |
बैशाख १७, २०८० आइतबार २०:११ बजे

सुर्खेत- कर्णाली प्रदेश सभाको दोस्रो कार्यकाल अन्तर्गतको पहिलो हिउँदे अधिवेशन अन्त्य भएको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले हिउँदे अधिवेशन अन्त्य भएको निर्णय गरेको हो ।

सो निर्णय मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख समक्ष सिफारिस पत्र बुझाएका थिए । प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।


पहिलो हिउँदे अधिवेशन अन्तर्गत १५ वटा बैठक बसेकाे थियाे ।


Author

थप समाचार
x