कर्णाली

चार महिनापछि कर्णालीमा विषयगत समिति

इकागज |
बैशाख १८, २०८० सोमबार १८:१ बजे

सुर्खेत- झण्डै चार महिनापछि कर्णालीमा विषयगत समितिहरू गठन भएका छन् । लामो समयदेखि नै विषयगत समितिहरू गठन हुन नसकेपछि प्रदेशसभाका कामहरू प्रभावकारी हुन सकेका थिएनन् ।

प्रदेशसभा अन्तर्गत चार वटा विषयगत समिति छन् । प्रदेशसभा नियमावलीको परिच्छेद–२१ मा प्रदेशसभाका समितिहरू सम्बन्धी व्यवस्था छ । प्रदेशसभाको कार्य प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन विषयगत समिति र आवश्यकता अनुसार अन्य समिति गठन गरिने व्यवस्था नियमावलीमा उल्लेख छ ।


सार्वजनिक लेखा समितिमा जीतबहादुर मल्ल, तुल्सा मल्ल, जीवनबहादुर शाही, लक्ष्मी सुनार, विन्दमान विष्ट, सन्तोषी शाही, देवेन्द्रबहादुर शाही छन् ।

प्रदेश मामिला समितिमा जानकी सिंह, कल्यानी खड्का, टेकराज पछाई, दक्षिणा शाही, पूर्णबहादुर खत्री, रणसिंह परियार, महेन्द्र केसी, सुरेश अधिकारी छन् ।

त्यसैगरी अर्थ तथा प्राकृतिक स्रोत समितिमा दुर्गबहादुर रावत, विजया बुढा, वीरबहादुर शाही, विनोदकुमार शाह, शेरबहादुर बुढा, हिक्मत विष्ट छन् भने सामाजिक विकास समितिमा इन्द्राकुमारी शाही, कलबहादुर हमाल, गोमता विक, घनश्याम भण्डारी, जुम्किता लामा कार्की, मिलन खड्का रोका, यामलाल कँडेल र राजीव विक्रम शाह  रहेका छन् ।


 


Author

थप समाचार
x