कर्णालीमा आगोमा जलेर तीन दिनमा दुईको मृत्यु
सुर्खेत । कर्णालीमा आगोले जलेर तीन दिनको अवधिमा दुईको मृत्यु भएको छ । वनमा आगो निभाउन गएका उनीहरुको आगोले जलेर मृत्यु भएको हो । आगो निभाउन गएका दैलेखका भैरव विश्वकर्मा र जाजरकोटका दलजित कार्की रहेका छन् ।
मृतक कार्की भेरी नगरपालिका –७ का हुन् । कार्कीे पातिहाल्न सामुदायिक वनका अध्यक्ष समेत रहेका थिए । निभाउन भन्दै जङ्गलमा गएका उनको त्यही क्रममा आज जलेर मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।
त्यसैगरी मृतक विश्वकर्मा दैलेखको आठबीस नगरपालिका – ६ राँताका बासिन्दा हुन् । उनको भेरी अस्पताल नेपालगन्जमा बुधवार राती उपचारको क्रममा निधन भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत माल्यापडा सामुदायिक बनमा पैदल मार्ग निर्माण गर्दैगर्दा वनमा लागेको आगोले भैरव सहित १२ जनालाई घेरेको थियो । आगोले घेरेपछि भागेर ओडारमा प्रवेश गरेका केही मजदुरलाई समेत आगोको झोंकाले जलाएको थियो भने चारैतिरबाट आगोमा परेका भैरवको भने करिब शतप्रतिशत शरिर नै जलेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया