कर्णाली प्रदेश सभा संसदीय समिति सभापतिको निर्वाचन हुँदै
सुर्खेत- कर्णाली प्रदेश सभा संसदीय समितिका सभापतिको निर्वाचन आगामी आइतबार हुने भएको छ । आज (बिहीबार) बसेको बजेट अधिवेशनको दोस्रो बैठकमा सभामुख नन्दा गुरुङले संसदीय समितिको निर्वाचन यही जेठ १४ गते (आइतबार) गर्न निर्देशन दिएकी हुन् ।
सभामुख गुरुङले आइतबार बिहान ११ बजे सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिएकी हुन् । प्रदेश सभा गठन भएको तीन महिनाभित्र समिति गठन गरिसक्नुपर्ने भए पनि कर्णालीमा गठन हुन सकेको थिएन ।
यसअघि सम्बन्धित दलहरूबाट नाम पठाउने काम भइसकेको छ । कर्णालीमा प्रदेश मामिला समिति, अर्थ तथा प्राकृतिक स्रोत साधन समिति, सार्वजनिक लेखा समिति र सामाजिक विकास समिति गरी चारवटा समितिहरू रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया