कर्णाली

कर्णालीलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री शर्मा

इकागज |
जेठ २९, २०८० सोमबार १९:४२ बजे

सुर्खेत- कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीलाई समृद्ध बनाउनुपर्ने बताएका छन् । सोमबार वीरेन्द्रनगरमा नागरिक लगानी कोषको शाखा कार्यालयको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशलाई फाइदा पुर्याउन कर्णालीलाई समृद्ध बनाउनुपर्ने औंल्याए । कर्णालीमा अथाह प्राकृतिक स्रोत साधन रहेको भन्दै मुख्यमन्त्री शर्माले सिङ्गो देश कर्णालीले पाल्न सक्ने तर्क राखे । 


सरकारी स्वामित्व रहेको नागरिक लगानी कोषले कर्णालीको आर्थिक विकासमा टेवा पुर्याउने मुख्यमन्त्री शर्माको भनाइ थियो । आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई प्रोत्साहित गर्ने र लगानीका अवसरहरू बढाउनका लागि लगानी कोषको स्थापना भएको हो ।

नागरिक लगानी कोष स्थापना भइसकेपछि अब सुर्खेतबाट नै परिचय पत्र, परिचयपत्र नम्बर वितरण गर्नेदेखि फाँटवारी सङ्कलन तथा इन्ट्री, हिसाब मिलान जस्ता सेवाहरू यहीबाट प्रवाह हुने छन् । 


Author

थप समाचार
x