कर्णाली

कर्णालीको बजेट ३३ अर्ब ३७ करोड

इकागज |
असार १, २०८० शुक्रबार १७:४७ बजे

सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । आज प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले २०८०/०८१ उक्त बजेट विनियोजन गरेका हुन् ।

चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।


कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार, यातायात र सहरी विकासका क्षेत्रमा १० अर्ब ११ करोड ४२ लाख बजेट विनियोजन गरेको छ । बहुवर्षीय र क्रमागत आयोजना सम्पन्न गर्ने,  न्यूनतम १० हजार रोजगारी सिर्जना गर्नका लागि ‘शिक्षा, स्वास्थ्य, उत्पादन र  रोजगार त्यसका लागि सुशासन र पूर्वाधार’ भन्ने नारासहित योजना ल्याइएको छ ।

त्यसैगरी प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुको साथै सुर्खेतको भेरीगंगामा सरुवा रोग अस्पताल निर्माण गरिने बताइएको छ ।


Author

थप समाचार
x