कर्णाली नदीमा जिप खस्दा हामफालेर ज्यान जोगाएका चालकको मृत्यु
सुर्खेत- कर्णाली नदीमा जिप खस्दा हामफालेर ज्यान जोगाएका चालकको मृत्यु भएको छ । हुम्लाको नाम्खा गाउँपालिका–२ स्थित च्याछहरा भिरमा आइतबार विहान कर्णाली नदीमा खसेको जिपबाट हामफालेर ज्यान जोगाएका जनकपुरका २५ वार्षीय राजेश लामाको मृत्यु भएको हो ।
हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जिप च्याछरास्थित कर्णाली नदीमा खसेको थियो । जिपमा चालकसहित १३ जना यात्रु लिएर गएको जिप च्याछहरा भिरमा उकालो चढ्दै गरेको अवस्थामा एक्कासी कर्णाली नदीमा खसेको थियो ।
हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीका अनुसार गम्भीर घाइते लामाको थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको थियो । उकालो चढ्दै गर्दा चालकले भने १२ जना यात्रुलाई झारेर उकालोमा गाडी लिने प्रयास गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुवेदी भन्छन्, ‘गाडी कर्णालीमा खस्दा चालक गम्भीर घाइते भएका थिए तर, अहिले उनको मृत्यु भयो ।’ १२ जना यात्रुको ज्यान जोगाएका चालकको नै मृत्यु भयो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया