कर्णाली

कर्णालीका चिकित्सक भन्छन्:

‘अरुलाई बचाउने स्वास्थ्यकर्मीलाई त बाँच्न देउ’

इकागज |
जेठ १४, २०७८ शुक्रबार १३:३५ बजे

फाइल फोटो

सुर्खेत : कर्णालीका चिकित्सकहरुले बाँके नेपालगञ्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुमाथि भएको कुटपिटको घटनाको विरोध जनाएका छन् । नेपाल चिकित्सक संघ कर्णाली प्रदेशले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीहरुले सहज रुपमा काम गर्न पाउनुपर्ने बताएका छन् । 

नेपाल चिकित्सक संघ कर्णाली प्रदेशका अध्यक्ष डा. नवराज केसी र महासचिव केएन पौडेलद्धारा जारी विज्ञप्तीमा घटनाको निष्पक्ष छानबिन गरी हदैसम्मको कारवाही गर्न माग गरिएको छ । कोभिड १९ महामारीमा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको प्रवाह नगरि स्वास्थ्य सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मीहरुले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने डा. केसीको माग छ ।


‘अरुलाई बचाउनेलाई त पहिला बाँच्न देउ भन्ने हाम्रो माग हो’ डा.केसी भन्छन्, ‘हाम्रो चिकित्सक संघले गैरजमानति हिरासतको नियमको कुरा उठाइरहेको छ ।’


 


Author

थप समाचार
x