कर्णाली

एमाले कर्णाली अधिवेशन : अध्यक्षका उम्मेदवार शाहीद्वारा उम्मेदवारी फिर्ता

इकागज |
असोज १३, २०८० शनिबार १४:२६ बजे

सुर्खेत- नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि उम्मेदवारी दिएका पूर्व सभामुख राजबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिन तोकिएको अन्तिम समयमा शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । पार्टीका  अध्यक्ष र महासचिवले नेतृत्व छान्ने विषय निर्देशनको हवाला दिएका कारण आफूले उम्मेदवारी फिर्ता लिएको शाहीले बताए । 

प्रदेशको प्रथम अधिवेशनमा प्रदेश कमिटीको अध्यक्ष हुने इच्छासहित आफूले मनोनयन दर्ता गरेको उनले बताए । शाहीले पार्टी केन्द्रको चाहना र आफ्नो छनोटको सार्वभौम अधिकार प्रयोग गरी नेतृत्व चयन गर्न पनि उनले नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । 


शाही यसअघि कर्णाली प्रदेश सभाको सभामुख थिए । उनले संघीयतापछिको पहिलो प्रदेश सभाको पूर्ण कार्यकाल नेतृत्व गरेका हुन् । अध्यक्ष पदको लागि कर्णालीमा शाहीसहित पाँच जनाको उम्मेदवारी दर्ता भएको थियो ।


Author

थप समाचार
x