कर्णाली

सुर्खेतमा जेठ २५ सम्म निषेधाज्ञा

इकागज |
जेठ १४, २०७८ शुक्रबार १७:२६ बजे

सुर्खेत : सुर्खेतमा जारी निषेधाज्ञा जेठ २५ गतेसम्म थप गरिएको छ । शुक्रबार बसेको कोमिड–१९ संटक व्यवस्थापन समितिको बैठकले १० दिनको लागि निषेध आदेश थप गर्ने निर्णय गरेको हो ।

कोरोनाका संक्रमित नघट्दासम्म निषेधाज्ञा थप गरिने सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । ‘कोभिड संक्रमित नघट्दासम्म निषेध आदेश थप्नु पर्ने हुन्छ’ रिजालले भने, ‘अब जेठ २५ गतेसम्म निषेध आदेश थप्ने निर्णय भएको छ ।’ सुर्खेतमा झण्डै तीन हजार सक्रिय संक्रमित छन् । बैशाख १४ गतेदेखि जारी भएको निषेधाज्ञा आज (शुक्रबार) एक महिना पुगेको छ ।



Author

थप समाचार
x