कर्णाली

हुम्लामा श्रीमतीको उपचार नगरेको भन्दै शिक्षकले कुटे स्वास्थ्यकर्मी

इकागज |
जेठ २१, २०७८ शुक्रबार ११:१ बजे

फाइल फोटो

हुम्ला : हुम्लामा आफ्नो श्रीमतीको उपचार गर्न दैनिक नआएको भन्दै स्वास्थ्यकर्मीमाथि शिक्षकले कुटपिट गरेका छन् । हुम्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक काली बहादुर बुढालाई शिक्षक अमृत रोकायाले कुटपिट गरेका हुन् । चंखेली पुग्न सदरमुकाम सिमीकोटबाट दुई दिन पैदल हिड्नुपर्छ ।

श्रीमती कोरोना संक्रमित भएर होम आइसोलेसनमा भएका बेला उपचार गर्न नआएको भन्दै शिक्षक रोकायाले स्वास्थ्यकर्मी बुढामाथि कुटपिट गरेका स्थानीयले बताएका छन् । शिक्षक रोकायाले स्वास्थ्यकर्मी बुढाको शरिरमा आगो लगाउन स्प्रे पनि छरेको स्थानीयको भनाइ छ । तर नजिकै रहेका अरु स्थानीयले रोकेका थिए ।


घटनाबारे जानकारी आएको र थप अनुसन्धान सुरु गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । 

यसअघि नेपालगञ्जमा रहेको भेरी अस्पतालमा मृत्तकका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गरेका थिए भने केही दिनअघि मोरङमा प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए । 


Author

थप समाचार
x