कर्णाली

रुकुमको बुरालमुष्ट मन्दिरबाट पैँसा र सुनको सिक्का चोरी

इकागज |
जेठ २५, २०७८ मंगलबार ६:६ बजे

फाइल फोटो

मुसिकोट : रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका ५ मा रहेको बुरालमष्ट मन्दिरको सुनचाँदी, लाखौं नगदसहित सिक्का चोरी भएको छ । लाखौं नगद, साथमा सुनचाँदी, स्वदेशी तथा विदेशी सिक्का आइतवार राती मन्दिरबाट चोरी भएको बुरालमष्ट क्षेत्र विकास कोष बाँफीकोटका अध्यक्ष ध्रुवराज केसीले जानकारी दिए ।

नियमित साँझ र बिहान पाठपूजा हुने उक्त मन्दिरमा बिहान पुजा गर्न आउँदा पुजारीले चोरी भएको आफुलाई जानकारी दिएको अध्यक्ष केसीले बताए । 
मन्दिरमा रहेको काठको दराज फोडेर भित्र राखिएका र मन्दिरको गादी नजिक राखिएका तीन लाख पाँच सय चालिस नगद, २ तोला सुन, ४ तोला चाँदी, १ पाथी रु। १, २ र ५ का अन्दाजी पाँच हजार रुपैँया बराबरका नेपाली सिक्का, विभिन्न देशका ६५ पिस विदेशी मुद्रा चोरी भएको कोषका अध्यक्ष केसीले जानकारी दिए । 


सोमवार स्थानीय जनप्रतिनिधि तथा इलाका प्रहरी कार्यालय बाँफीकोटको टोली मन्दिर पुगेर चोरी कार्यको छानविन सुरु गरेको जनाएको छ । 
 


Author

थप समाचार
x