कर्णाली

पूर्वराज्यमन्त्री बिष्ट थप उपचारका लागि काठमाडौँको मेडिसिटीमा

इकागज |
जेठ २७, २०७८ बिहिवार ५:५५ बजे

फाइल फोटो

सुर्खेत : कोभिड १९ बाट संक्रमित पूर्वराज्यमन्त्री तप्त बिष्टलाई थप उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पताल लगिएको छ । नेपाली कांग्रेस सुर्खेतका निवर्तमान पार्टी सभापति तथा पूर्व सञ्चार राज्यमन्त्री समेत रहेका बिष्टलाई बुधबार बेलूकी थप उपचारका लागि सुर्खेतबाट हेलिकोप्टरमार्फत काठमाडौँको मेडिसिटी अस्पताल लगिएको हो ।

उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो । झण्डै १० दिन सुर्खेत प्रदेश अस्पतालमा उपचार गरेपछि पनि अवस्थामा सुधार नआएपछि उनलाई थप उपचारका लागि मेडिसिटी अस्पताल लगिएको तरुण दल सुर्खेतका अध्यक्ष हरि बिष्टले जानकारी दिए ।


उनलाई श्वास फेर्न गाह्रो भएको छ । मुखमा अक्सिजन मास्क लगाउँदा पनि समस्या कायमै रहेपछि मेडिसिटी अस्पताल लगिएको बिष्टले बताए । 
 


Author

थप समाचार
x