कर्णाली

सुर्खेतमा आयुर्वेद चिकित्सकमाथि आक्रमण

इकागज |
जेठ २८, २०७८ शुक्रबार ७:६ बजे

फाइल फोटो

सुर्खेत : सुर्खेतमा दुईजना चिकित्सकमाथि आक्रमण भएको छ  । बिहीबार बेलुका प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका डा. शंकर रिजाल र डा. यादव उपाध्यायमाथि आक्रमण भएको हो । डा. रिजाल कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका प्रमुख हुन् भने डा. उपाध्याय अस्पतालमा कार्यरत चिकित्सक हुन् ।

अस्पतालबाट निवास फर्किने क्रममा बेलुका सात बजे तीन युवाहरुको समूहले उनीहरु चढेको मोटरसाइकल रोकेर हातपात गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीका अनुसार अस्पतालबाट निवासतिर फर्किने क्रममा चिकित्सकमाथि हातपात भएको बताए ।


चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुको विवरण भने खुलाइएको छैन । 


Author

थप समाचार
x