कर्णाली

ढुङ्गा खस्दा हुम्लाको चाला गुम्बामा ८० लाखको क्षति

इकागज |
जेठ २८, २०७८ शुक्रबार ८:२५ बजे

फाइल फोटो

हुम्ला : माथिबाट खसेको ढुङ्गा लागेर नाम्खा गाउँपालिका–४ चालामा रहेको गुम्बा भत्किएको छ । केही दिनअघि परेको अविरल वर्षाका कारण माथिबाट आएको ढुङ्गाले क्षति पु¥याएपछि गुम्बामा रु ८० लाख बराबरको क्षति भएको स्थानीय तोपछिरिङ लामाले जानकारी दिए ।

“गएको जेठ २१ गते राति माथिबाट आएको ढुङ्गाले गुम्बामा ठूलो क्षति पर्‍याएकाे छ”, लामाले भने, “ढुङ्गा लागेपछि गुम्बाको एक भागको पर्खाल भत्किँदा गुम्बाभित्र रहेको मूर्तिलगायत अधिकांश सामग्रीमा क्षति पुगेको छ ।”


लामा सांस्कृति र परम्परालाई जोगाइराख्न र बौद्ध धर्मालम्बीले दैनिक पूजापाठ गर्न लामो समय पहिले गाउँमै निर्माण गरिएको गुम्बामा माथिबाट आएको ढुङ्गाले झण्डै रु ८० लाख बराबरको क्षति गरेको नाम्खा–४ का वडाध्यक्ष सोनाम हिसे तामाङले बताए ।  ढुङ्गाले रु ८० लाख बराबरको क्षति पुगेको छ । यालवाङबाट गएको प्रहरीको टोलीले गरेको स्थलगत मुचुल्काका अनुसार गुम्बामा अहिले रु ८० लाख बराबरको क्षति पुगेको हो”, वडाध्यक्ष तामाङले थपे ।

लामा समुदायले हरेक बस्तीमा ठूलो लगानीले निर्माण गरेको गुम्बामा बहुमूल्य धातु र मूर्तिसमेत राख्ने भएकाले निकै ठूलो क्षति भएको स्थानीयवासीले बताएका छन् । नाम्खा गाउँपालिकाको चालागाउँ जिल्ला सदरमुकाम सिमकोट र नाम्खाको केन्द्र याल्वाङदेखि पनि निकै दूरदराजको बस्तीका रूपमा चिनिन्छ । रासस 
 


Author

थप समाचार
x