कर्णाली

सुर्खेतमा फिलिङ सिस्टमसहितको अक्सिजन प्लान्ट स्थापना हुने

इकागज |
जेठ २८, २०७८ शुक्रबार २०:२ बजे

सुर्खेत : सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच फिलिङ सिस्टमसहितको अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालनसम्बन्धी समझदारी भएको छ । सो समझदारीपत्रमा सामाजिक विकासमन्त्री यज्ञबहादुर वीसीको उपस्थितिमा शुक्रबार मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री र नगर प्रमुख देवकुमार सुवेदीबीच  हस्ताक्षर भएको हो । 

समझदारी अनुसार अक्सिजन प्लान्ट स्थापनाका लागि मन्त्रालयले नगरपालिकालाई एक पटकका लागि ६५ लाख रुयैयाँ उपलब्ध गराउनेछ । नगर प्रमुख  सुवेदीले अक्सिजन प्लान्ट कट्कुवा स्वास्थ्य संस्थाको परिसरमा सञ्चालनमा ल्याइने बताए । सम्झौता अनुसार नगरपालिकाले उत्पादित अक्सिजन प्रदेश सरकार मातहतका सबै सरकारी तथा सामुदायिक अस्पताललाई सुपथ मूल्यमा उपलब्ध गराउनुपर्नेछ ।


त्यस्तै अक्सिजनको मूल्य निर्धारण गर्दा सामाजिक विकास मन्त्रालयसंग समन्वय गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ । प्रदेश मन्त्रिपरिषद् यही जेठ २० गते बसेको बैठकले  वीरेन्द्रनगरमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको थियो । नगर प्रमुख सुवेदीले अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालनका लागि थप बजेट नगरपालिकाले आफैले जुटाउने जानकारी दिए ।


Author

थप समाचार
x