कर्णाली

राउटे समुदायले भन्यो- खाद्यान्न चाहियो

इकागज |
जेठ २८, २०७८ शुक्रबार २१:२३ बजे

काठमाडौँ : राउटे समुदायका युवाले आफ्नो समुदायमा खाद्यान्न चामलको उचित व्यवस्था गरिदिन कर्णाली प्रदेश सरकारसँग माग गरेका छन् । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग आज भेट गरी उनीहरुले चामल सहित संरक्षणको व्यवस्था गरिदिन माग गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री शाहीले राउटे समुदायलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा दिनमा पनि सहयोग निरन्तर जारी रहने जानकारी दिए । उनले सो अवसरमा सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई घुमन्ते राउटे समुदायको तत्कालको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न निर्देशन दिए ।



Author

थप समाचार
x