कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने
सुर्खेत- कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री शर्माले चैत २० गते मंगलबार विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालयलाई पठाइसकेको मुख्यमन्त्रीका प्रेस विज्ञ प्रतीक इच्छुक शर्माले जानकारी दिए ।
गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन् । चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । योसहित मुख्यमन्त्री शर्माले तीन पटक विश्वासको मत लिनेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया