कर्णाली

सुर्खेतमा असार १० गतेसम्म निषेधाज्ञा थप

इकागज |
असार १, २०७८ मंगलबार ६:८ बजे

सुर्खेत : सुर्खेतमा निषेधाज्ञा १० दिन थप गरिएको छ । गत बैषाख १४ गते रातीबाट जारी गरिएको निषेधाज्ञा असार १० गतेसम्म लम्बिएको हो । पहिलाको भन्दा केहि मात्रामा खुकुलो बनाएर असार १० गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार तरकारी तथा फलफूल, दुधजन्य पदार्थ, खाना पकाउने ग्याँस, कृषि मल तथा बिउविजन सम्बन्धी पसल दैनिक विहान ६ बजेदेखि ११ बजेसम्म खोल्न सकिनेछ । खाद्यान्न लगायत अन्य पसल शनिबार बाहेक दैनिक विहान ६ बजेदेखि दिउँसो ११ बजेसम्म सञ्चालन गर्न पाईने प्रशासनले जनाएको छ ।



Author

थप समाचार
x