कर्णाली

पुर्नबहाली भएका सांसदलाई दलको बैठकमा बोलाइयो

इकागज |
असार १, २०७८ मंगलबार ११:४८ बजे

सुर्खेत : सोमबारदेखि पुनर्बहाली भएका एमालेका चार सांसदलाई एमाले संसदीय दलको बैठकमा उपस्थित हुन अनुरोध गरिएको छ । आज बस्ने भनिएको दलको बैठकमा पुनर्बहाली भएका चार जना सांसदहरूलाई दलको बैठकमा उपस्थिति हुन अनुरोध गरेको हो ।

बैठकमा सरकारमा सहभागी तीन मन्त्री र सांसद प्रकाश ज्वालालाई दलको बैठकमा उपस्थित हुन अनुरोधसहितको पत्र पठाइएको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए । आज बिहान ८ बजे बोलाइएको  भएपनि ११ बजेसम्म बैठक बसेको छैन । 


अबको केही समयमै बैठक बस्ने तयारी भएको एमालेका सांसद सुशिल थापाले जानकारी दिए । ‘पुर्नबहाली भएका चार जना सांसदलाई दलको बैठकमा बोलाइएको छ अब बैठक बस्ने तयारी भइरहेको छ’ सांसद थापाले भने, ‘पुर्नबहाली भएका सांसदहरू पनि आउनुहुन्छ होला ।’

चारै जना सांसदहरू बैठकमा सहभागी हुन्छन् या हुँदैनन् भन्ने बारे चासोका साथ हेरिएको छ । सांसद प्रकाश ज्वाला बाहेक अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा माओवादी नेतृत्वको सरकारमा सहभागी छन् । 


Author

थप समाचार
x