कर्णाली

एमाले संसदीय दलको बैठक सुरु, प्रकाश ज्वाला सहभागी

इकागज |
असार १, २०७८ मगलवार १३:३९ बजे

सुर्खेत: नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुुरू भएको छ । बैठकमा पुर्नबहाली भएका चार सांसदमध्ये प्रकाश ज्वाला सहभागी भएका छन् । सर्वोच्चको आदेश अनुसार पुनर्वहाली भएकामध्ये सांसद प्रकाश ज्वाला सहभागी भएका हुन् । बैठकमा ज्वालाको उपस्थितिले एमाले कर्णालीका कार्यकर्ता पार्टी एक हुनेमा आशावादी रहेको बैठकमा सहभागी एमालेका सांसद शुसिल थापाले बताए । ज्वालाको सहभागीताले यो बैठक ऐतिहासिक हुने थापाको भनाइ छ । 

कर्णाली सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्ने र बजेट प्रस्तुत गर्ने समयमा चार सांसदको पुनर्वहालीले सदनमा एमाले सांसदको संख्या २० पुगेको छ । बैठकले सरकारको नीति तथा कार्यक्रमबारेको धारणासँगै बजेटबारे छलफल गरिने जनाइएको छ । 


सोमबारदेखि पुनर्बहाली भएका एमालेका चार सांसदलाई एमाले संसदीय दलको बैठकमा उपस्थित हुन अनुरोध गरिएको  थियो । आज बस्ने भनिएको दलको बैठकमा पुनर्बहाली भएका चार जना सांसदहरूलाई दलको बैठकमा उपस्थिति हुन अनुरोध गरेको हो । बिहान आठ बजेदेखि सुरु हुने भनिएको बैठक १२ बजेतिर सुरु भएको छ । 

बैठकमा सरकारमा सहभागी तीन मन्त्री र सांसद प्रकाश ज्वालालाई दलको बैठकमा उपस्थित हुन अनुरोधसहितको पत्र पठाइएको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए । सर्वाैच्च अदालतले सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पुर्नवहाली गर्न आदेश जारी गरेको थियो । 
 


Author

थप समाचार
x