कर्णाली

कर्णाली प्रदेश सभा बैठकमा तीन मन्‍त्री अनुपस्‍थित

इकागज |
असार १, २०७८ मगलवार १५:४ बजे

फाइल तस्‍बिर

सुर्खेत : सर्वोच्च अदालतको आदेशबाट सांसदमा पुनर्वहाली भएका कर्णाली सरकारमा सहभागी एमालेका ३ मन्त्री संसद् बैठकमा अनुपस्‍थित भएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक योजना तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कुर्मराज शाही संसद् बैठकमा अनुपस्‍थित भएका हुन् । 

प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम आज पास गरेर बजेट सार्वजनिक गर्ने तयारी छ । यता नेकपा एमाले संसदीय दलले भने उक्त निती तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमालेका सबै सांसदलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रमुख सचेतक गुलाबजंग शाहले बताए । चार सांसदको पुनर्बहालीपछि बैठकमा सांसद प्रकाश ज्वाला सहभागी थिए ।



Author

थप समाचार
x