कर्णाली

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

इकागज |
असार १, २०७८ मंगलबार १६:१९ बजे

सुर्खेत : कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम  पारित भएको छ । प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको हो । संसदमा उपस्थित बहुमत सदस्यले नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेका हुन् ।

मंगलबार बसेको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिएपछि नीति कार्यक्रम पारित भएको हो ।  यसअघि नेकपा एमाले संसदीय दलले उक्त नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाइ ह्वीप जारी गरेको थियो ।


साथै, बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको सभामुख राजबहादुर शाहीले जानकारी दिए । योसँगै ४ बजे बस्ने बैठकबाट आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत हुदैंछ ।

 


 


Author

थप समाचार
x