कर्णाली

यसअघि बहिष्कार गरेका शाहले लिए कृषिमन्त्रीको शपथ

इकागज |
जेठ ९, २०८१ बुधबार १६:३३ बजे

फाइल फाेटाे

सुर्खेत - नेकपा एमाले कर्णाली प्रदेशका सांसद विनोदकुमार शाह पुनः मन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री यमलाल कँडेलले शाहलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका हुन् । शाहले यसअघि गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए ।


तर शपथ बहिष्कार गरेको २२ औं दिनमा फेरि शाहले सोही मन्त्रालयको शपथ लिएका छन् । उनले आजै प्रदेश प्रमुख तिलक परियारसमक्ष शपथ लिएका छन् ।


Author

थप समाचार
x