कर्णाली

पहिरोमा परी कालिकोटमा एक जनाको मृत्यु

इकागज |
असार ४, २०७८ शुक्रवार ७:४८ बजे

फाइल फाेटाे

कालिकोट : कर्णाली राजमार्गमा आएको पहिरोमा परी कालिकोटमा एक जनाको मृत्यु भएको छ । राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र गाउँपालिका ६ मोल्फा बजार नजिकै पहिरोमा परि खाँडाचक्रकै ५४ वर्षीय बलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय मोल्फा बजारबाट घर फर्किदै गर्दा गएराती पहिरो खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक भुपेन्द्र शाहीले जानकारी दिए । पहिरोका कारण कर्णाली राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । 



Author

थप समाचार
x