कर्णाली

जलजला पाटनमा बेपत्ता सात जना भेटिए

इकागज |
असार ४, २०७८ शुक्रबार १३:२४ बजे

जाजरकोट : भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता सात जना भेटिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीले उनीहरुलाई भेटाएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।

मंगलबारदेखि हराइरहेका  कुशे गाउँपालिका-८  औलरिजाका दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र  वडा नं ९ का कृष्ण रोकाय आज बिहान मात्र भेटिएको प्रनाउ थापाले बताए । खाना नखाएका र चिसोका कारण कमजोर अवस्थामा भेटिएका उनीहरुलाई प्राथमिक उपचार गरी अहिले खाना खुवाउने काम भएको उनले बताए । रासस
 



Author

थप समाचार
x