कर्णाली

कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

इकागज |
असार ४, २०७८ शुक्रबार १४:२२ बजे

सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलले कर्णाली सरकारमा रहेका तीन मन्त्रीहरुलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ । आज (शुक्रबार) बसेको संसदीय दलको बैठकले मन्त्रीहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा दिने निर्णय गरेको एमाले सांसद सुशिल थापाले जानकारी दिए । ‘एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीलाई दलको बैठले राजिनामा गर्न निर्देशन गरेको छ’ सांसद थापाले भने, ‘उहाँहरुले राजिनामा दिनुपर्छ ।’

तीन जना वैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । विश्वासको मत पाएर पद जोगिएपछि मुख्यमन्त्री शाहीले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए ।



 


Author

थप समाचार
x