कर्णाली

छायाँनाथ राराले ल्यायो ६० करोड २६ लाखको बजेट

इकागज |
असार १२, २०८१ बुधबार २०:५७ बजे

फाइल फाेटाे

मुगु - मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ६० करोड २६ लाख रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले १५ औं नगरसभा तथा बजेट अधिवेशनमा आ.व ०८१/०८२ का लागि जम्मा ६० करोड २६ लाख ७१ हजार ९ सय २९ बजेट छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्या शाही मल्लले प्रस्तुत गरेकी हुन ।  

नगरपालिकाको अघिल्लो वर्षको कुल बजेट ६० करोड ६९ लाख थियो । नयाँ बजेटमा संघीय सरकारतर्फ संघीय राजस्व बाँडफाँटमा ११ करोड २३ लाख  हजार, संघीय ससर्त अनुदान चालुतर्फ २७ करोड ६० लाख ९३ हजार रकम अनुमान सभामा प्रस्तुत गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले बताए । 


उनका अनुसार  संघीय सरकार समानीकरण अनुदान ११ करोड ७९ लाख, र संघीय समपुरक अनुदान ६० लाख सुम्ली बेलिब्रिज निर्माणको र संघिय सशर्त २७ करोड ६० लाख ९३ हजार रकम सार्वजनिक गरिएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताए । 

प्रदेश सरकार राजस्व बाँडफाँटमा २७ लाख ४७ हजार ९ सय २९ , प्रदेश समानीकरण १ करोड ४१ लाख ९८ हजार , प्रदेश ससर्त अनुदान ४ करोड ८८ लाख ३३ हजार र आन्तरिक राजस्व आम्दानी १ करोड ५० लाख रकम रहेको नगर प्रमुख भामको भनाई छ ।​

निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बिष्णु कुमार भामले बजेटमा  दलित समुदायका ज्येष्ठ नागरिकहरूका लागि छुट्टै वृद्धाश्रम सञ्चालन गर्ने गरी नीति तथा कार्यक्रममा सार्वजनिक गरिएको थियो । साथै, कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारा ताल क्षेत्र यस नगरपालिका क्षेत्रमा रहेको हुँदा रारा तालको पर्यटन विकास र पर्यटकहरूलाई मध्येनजर गर्दै रारामा भौतिक पूर्वाधार निर्माण तथा राराको विकासबारे गुरुयोजना निर्माण गरिने नीति तथा कार्यक्रममा सार्वजनिक गरिएको छ ।​

छायाँनाथ रारा नगरपालिकाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठ मन्दिर तीर्थस्थलको संरक्षण प्रवर्द्धनमा जोड दिनुका साथै नगर क्षेत्रभित्र पर्ने प्रमुख धार्मिक स्थलहरू छायाँनाथ, ऋणमोक्ष मन्दिर, गुफालगायत अन्य धार्मिक स्थलहरुलाई पूर्वाधार विकासमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । भौगोलिक विकटता र समस्या लाई मध्येनजर गर्दै दुर्गममा रिपोर्टिङ गर्ने मुगुका क्रियाशील पत्रकारहरूलाई निशुल्क स्वास्थ्य बिमा समेत गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको नगर प्रमुख भामको भनाई छ । 


Author

थप समाचार
x