Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

कर्णाली

कर्णाली प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण

इकागज |
असार २८, २०८१ शुक्रबार २१:११ बजे

फाइल तस्बिर

कर्णाली- कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाले पारित गरेका दुई विधेयक प्रमाणीकरण गरेका छन् । 

प्रदेश प्रमुख परियारले ‘आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट व्यय हुने रकम विनियोजन गर्ने एवं सो रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।


प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा, २०१ को उपधारा (२) बमोजिम बिहीबार दुई विधेयक प्रमाणीकरण गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।


Author

थप समाचार
x