Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

कर्णाली

पहिरो पीडितलाई विद्यालयमा सारियो

इकागज |
साउन ११, २०८१ शुक्रबार ११:५९ बजे

त्रिवेणी (रुकुमपश्चिम)- सानीभेरी गाउँपालिका–७ र ८ का पहिरो पीडित नौ परिवारलाई स्थानीय विद्यालयमा सारिएको छ । 

गाउँपालिका–७ को पोखरेल गाउँमा बिहीबारको पहिरोले नैनी पुनको दुई तले चारकोठे कच्ची घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ भने सोही गाउँका आठ घर पनि पहिरोको चपेटामा परेका छन् । तीसँगै वडा नम्बर ८ सार्कीडेराका एक घर गरी नौ घरका विस्थापितलाई विद्यालयमा स्थानान्तरण जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।


विस्थापित आठ घरपरिवारलाई सानीभेरी गाउँपालिका–८ को बालकल्याण आधारभूत विद्यालय भवनमा स्थान्तरण गरिएको र एक घरपरिवारलाई छिमेकीको घरमा आश्रय दिइएको समितिका संयोजक प्रमुख जिल्ला जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । क्षतिको विवरण संकलन भइरहेको छ । 


Author

थप समाचार
x