'कृषकको परिश्रम खेर जाँदैन'
सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहकारीमार्फत कृषकको परिश्रम खेर जान नदिने बताएका छन् । कृषकले मेहनत गरेर उत्पादन गरेका सामाग्रीको बजारीकरणलाई विस्तार गर्ने शाहीले बताएका हुन् ।
भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय सुर्खेको आयोजनामा सहकारीमार्फत कर्णालीको गरिवी न्यूनिकरण गर्न सहकारीले खेल्नु पर्ने भूमिका विषयक बिहीवार भएको भर्चुअल अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।
‘जनताको आयस्रोत बढाउनुको साथै सही ठाउँमा सदुपयोग गरेर त्यसलाई बजारीकरण गर्न पनि खाचो छ,’ मुख्यमन्त्री शाहीले भने, ‘सरकारले सहकारीलाई साथमा लिएर कृषकहरुको परिश्रमलाई खेर जाने दिने छैन ।’
कर्णाली प्रदेश सरकारले कर्णालीलाई गरिवीबाट मुक्त गरी नागरिहरुलाई रोजगारी दिने लक्ष्यका साथ बजेट ल्याएको शाहीले औँल्याए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा सहकारीहरुको सम्भावनाको अध्ययन गरेर मात्रै सहकारीसँग काम गर्ने बताएका छन् । सहकारीका कामलाई प्रदेश सरकारले निगरानी गरेर अघि बढ्ने शाहीले बताए । सहकारी नीतिलाई संसोधन गरेर भए पनि सहकारीमार्फत गाउँका सामान्य किसानहरुलाई सरकारसँग जोड्नको लागि लागिरहको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया