कर्णाली

कालिकोटमा मुख्यमन्त्री र मन्त्रीलाई कालो झण्डा

इकागज |
असार १०, २०७८ बिहीबार १५:१० बजे

सुर्खेत : नेकपा एमाले ओली निकट विद्यार्थी संगठन अनेरास्ववियूका कार्यकर्ताले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र भूमी, व्यवस्था, कृषि, सहकारीमन्त्री कुर्मराज शाहीलाई कालोझण्डा देखाएर विरोध गरेका छन् । विभिन्न स्थानीय तहको बजेटसभामा सहभागी हुन कालीकोट पुगेका मुख्मन्त्री र मन्त्रीलाई कालिकोट सदरमुकाम मान्ममा विद्यार्थीहरूले कालोझण्डा देखाएर विरोध गरेका हुन् । 

हेकिप्टर चढी सरकारी रकमको दुरुपयोग गरेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् । मुख्यमन्त्री र कृषि मन्त्रीलाई कालो झण्डा देखाउने तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपि चक्र शाहीले जानकारी दिए ।



Author

थप समाचार
x