कर्णाली

मुगुमा एक साता निषेधाज्ञा थपियो

इकागज |
असार १७, २०७८ बिहीबार ५:४४ बजे

मुगु : कोभिड संक्रमणको जोखिम कायम भएपछि मुगुमा एक साता निषेधाज्ञा थपिएको छ । मंगलबार बसेकोको डीसीसीएमसीको बैठकले असार २३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञामा अत्यावश्यक बाहेकका पसलहरु बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म मात्रै खुल्न पाइने डीसीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए । जिल्लामा संक्रमणको दर नियन्त्रणमा नआएपछि निषेधाज्ञा थप्ने निर्णय भएको उनले बताए ।



Author

थप समाचार
x