कर्णाली

पुथा उत्तरगङ्गामा माओवादीकी नरपुरा बुढा विजयी

इकागज |
मंसिर १७, २०८१ सोमबार १८:२५ बजे

फाइल फाेटाे

रूकुम (पूर्व) - रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादीको केन्द्र) की नरपुरा बुढा विजयी भएका छन् ।

यही मङ्सिर १६ गते भएको उपनिर्वाचनमा एमाले–कांग्रेस गठबन्धनबाट उम्मेदवार बन्नुभएकी केशकुमारी तुलाचनलाई पछि पार्दै बुढा विजयी भएका हुन् । 


बुढाले तीन हजार छ सय २७ मत ल्याउँदा गठबन्धनबाट कांग्रेसको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेकी एमालेकी केशकुमारी तुलाचन दुई हजार एक सय २८ मत प्राप्त गरिन् । बुढाले गठबन्धनलाई एक हजार चार सय ९९ मतान्तरले पराजित गरेका हुन् । 

पुथा उत्तरगङ्गा गाउँपालिकाको २ नम्बर वडामा भने नेकपा (माओवादी केन्द्र) का जगत घर्ती यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।


Author

थप समाचार
x