कर्णालीका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिए साढे ३ करोड निकासा
सुर्खेत : कोभिड–१९ महामारीको जोखिममा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स र शव वाहन चालकलाई कर्णाली प्रदेश सरकारले ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराएको छ । सामाजिक विकास मन्त्रालयले १० वटा जिल्ला अस्पताल, एक प्रदेश अस्पताल, स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश आयुर्वेद औषधालयमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शवबाहन र एम्बुलेन्स चालकलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराइएको जनाएको हो ।
यसका लागि मन्त्रालयले तीन करोड २७ लाख ८३ हजार ४८७ रुपैयाँ निकासा गरेको छ । कोभिड महामारीमा खटिएका प्रदेशभरका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र एम्बुलेन्स तथा शव बाहन चालकलाई जोखिम भत्ता उपलब्ध गराउनका लागि तीन करोड रुपैयाँ निकासा दिइएको सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बताए । ‘जोखिममा काम गरेका फ्रन्टलाइनरलाई सरकारले सधैँ सम्मान र प्रोत्साहन गर्छ’ मन्त्री बुढा क्षेत्रीले भने, ‘यसको लागि मन्त्रालयले तीन करोड २७ लाख निकासा गरेको छ ।’
सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीका अनुसार स्वास्थ्य सेवा निर्देशनालयमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि चार लाख ८८ हजार ९१० रुपैयाँ निकासा दिएको छ । यस्तै प्रदेश अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, शबबहान चालकका लागि ३८ लाख ६१ हनार १५२ रुपैयाँ निकासा दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया