कर्णाली

तेस्रो भेरियन्टको सामना गर्न तयारीमा जुटेका छौं : मन्त्री बुढाक्षेत्री

इकागज |
साउन ११, २०७८ सोमबार १४:१२ बजे

सुर्खेत - कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कोभिड महामारीको तेस्रो भेरियण्टको सामना गर्न तयारीमा प्रदेश सरकार जुटेको बताएका छन् । कोभिडको पहिलो र दोस्रो भेरियण्ट पार गरिसकेपछि तेस्रो भेरियन्टको आवश्यक तयारीमा जुटेको उनले बताए । 

संवाद समूह सुर्खेतले कर्णालीमा कोरोनाको अवस्था र तयारीका विषयमा गरेको अन्तरक्रियामा मन्त्री बुढाक्षेत्रीले यस्तो बताएका हुन् । उनले नागरिकको स्वास्थ्यप्रति प्रदेश सरकार गम्भीर रहेको बताए । ‘कोरोना महामारीको दुवै चरण पार गरिसकेपछि तेस्रो भेरिन्टको सामना गर्न आवश्यक तयारी जनशक्ति, उपकरणको व्यवस्थापनमा प्रदेश सरकार निरन्तर लागिरहेको छ’ मन्त्री बुढा क्षेत्रीले भने, ‘नागरिकको स्वास्थ्यप्रति हामी गम्भीर छौं, त्यसैले पनि अहिलेको अवस्थामा पहिलो प्राथमिकता स्वास्थ्य राखेका छौं ।’


कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीका विभिन्न स्थानीय तहहरूसँग समेत सहकार्य गरेको मन्त्री बुढा क्षेत्रीले बताए । मन्त्री बुढा क्षेत्रीले कर्णालीका हरेक नागरिकलाई कोभिडविरुद्धको खोपको व्यवस्थापन गर्ने बताए । उनले औषधी र जनशक्तिको अभावमा नागरिकले सेवाबाट बञ्चित  हुने अवस्था नआउने बताए । मन्त्री बुढाक्षेत्रीले प्रदेशका विभिन्न नाकाहरूमा हेल्प डेक्ससहित आवश्यक जनशक्तिको व्यवस्थापन गरिसकेको बताए । मन्त्रालयले चौधरी फाउण्डेशनसँगको सहकार्यमा वीरेन्द्रनगर नगर अस्पताल र युएनडिपीको सहकार्यमा मेहेलकुना अस्पतामा अक्सिजन प्लान्टको स्थापनाको काम अन्तिम चरणमा रहेकोे जानकारी दिए ।


Author

थप समाचार
x