कर्णाली

कर्णालीकी सांसद वली पनि नेकपा समाजवादीमा, अरु को को छन् ?

इकागज |
भदौ ९, २०७८ बुधबार १८:५९ बजे

सुर्खेत - माधव नेपाल निकट नयाँ पार्टी एकीकृत समाजवादी रोजेकी कर्णाली प्रदेशकी सांसद देवी वलीले आफुखुसी नयाँ पार्टीमा लागेको प्रतिक्रिया दिएकी छन् । ‘आफुखुसी रोजेर समाजवादी पार्टी रोजेको हो । अहिले केन्द्रीय कमिटीमा छु’ इकागजसँग कुरा गर्दै वलीले भनिन्, ‘म समाजवादीमा आइसकेपछि पनि एमालेको प्रदेश स्तरीय बैठकमा आउनुहोस् एमालेमा बस्नुहोस् भन्ने कुरा आएको थियो तर म यतै बसे ।’

सांसद वलीले प्रतिनिधिसभा विघटन हुँदादेखि नै संसद पुनःस्थापनाको पक्षमा रहेको बताइन् । कर्णालीबाट करिब डेढ सय भन्दा बढी समाजवादी पार्टीमा रहेको वलीले बताइन् । वली कर्णाली प्रदेशसभामा रुकुमपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद हुन् । 


गत वैशाखमा प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि उनले त्रुटिवस मत दिएको भन्दै आफ्नो मत सच्याएकी थिइन् । वलीसँगै माधव नेपाल निकट कर्णाली प्रदेशसभाको सांसद चन्द्रबहादुर शाहीले पनि एकीकृत समाजवादी रोजेका छन् ।  शाही मुगुबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद हुन् । 

एमाले मुगुका सस्थापक केन्द्रीय सदस्य समेत रहेका शाहीले आफु समाजवादीमा रहेको प्रतिक्रिया दिएका छन् । कर्णालीबाट सनाखत गर्नेमा प्रकाश ज्वाला, शेरबहादुर केसी र हंशबहादुर शाही छन् । उनीहरु निर्वाचन आयोगमै पुगेर सनाखत गरेका हुन् । 


 


Author

थप समाचार
x