कर्णाली

कर्णाली प्रदेशका तीन जना सांसदले गरे एकीकृत समाजवादीको पक्षमा सनाखत

इकागज |
भदौ १६, २०७८ बुधबार १३:५६ बजे

फाइल तस्‍बिर

सुर्खेत -  कर्णाली प्रदेश तीन जना सांसद समाजवादीमा खुलेका छन् । प्रदेशसभा सदस्य देवी ओली (रुकुमपश्चिम),  मुगुका चन्द्रबहादुर शाही र  जुम्लाका पदमबहादुर रोकाया नेकपा समाजवादीमा खुलेका हुन् । उनीहरूले  बुधबार (आज) नै निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।  आज दिउँसो सवा १२ बजे निर्वाचन आयोग पुगेर सनाखत गरेको प्रदेश सांसद देवी वलीले जानकारी दिइन् । 

समग्र प्रदेशमा एमालेको विभाजन भएपछि  नेकपा एकीकृत समाजवादी कमजोर देखिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद देवी ओली र चन्द्रबहादुर शाही केन्द्रीय समितिमा समेत रहेका छन् । प्रदेशमा एमालेको २०  जना सांसद मध्ये चार जना सांसद फ्लोर क्रस गरेपछि एमालेले कारबाही गरेको छ । बाँकी रहेका १६ सांसदमध्ये तीन जना सांसद एकीकृत समाजवादीमा देखिएका छन् । 



Author

थप समाचार
x